इन्डियन प्रिमियर लिग : हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित

काठमाडौँ - इन्डियन प्रिमियर लिग आईपीएलकै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ । 

तीन ब्याटरले अर्धशतक बनाएपछि हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७७ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । आईपीएलको इतिहासमा यो अहिलेसम्मै सबैभन्दा ठुलो योगफल हो । 

प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई भने तालिकाको नवौँ स्थानमा छ ।