ह्वात्तै घट्यो सुनचाँदी मूल्य

काठमाडौं - आज  सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय  रहेको छ  ।
मंगलबार आज  चाँदीको मूल्य १३ सय ५५  रुपैयाँमा निर्धारण भएको छ ।
हिजो एक लाख ९ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ८ हजार ५ सयमा तेजावी सुन र चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।