२१ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाण्डौँ - प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार  सेवाबाट हटाइने चेतावनी दिएको छ ।