आरती पावरले ३६ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ - आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौतासमेत सम्पन्न भएको छ ।  गत बिहीवार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।