नाडा अटो शो आजदेखि भृकुटीमण्डपमा सुरु हुँदै

भाद्र ११, काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ‘नाडा अटो शो–२०२४’ आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ।
भदौ १६ गतेसम्म चल्ने अटो शोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । 

अटो व्यवसायी तथा उपभोक्ताको ‘दसैं’ मानिने यस १६औं संस्करणमा विद्युतीय सवारीसाधनको वर्चस्व रहनेछ । अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने गरी तयारी गरिएको नाडा अध्यक्ष चौधरीले बताए । टाटा ईभी मुख्य प्रयोजक र शिखर इन्स्योरेन्स सह प्रायोजकको रुपमा रहेका छन् । 

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यावसायिक सवारीसाधनका ब्राण्डहरु प्रदर्शन गरिने छ । 
साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्ट सहभागी हुने छन् । ७ वित्तीय संस्थाहरूसहित शो मा ९५ प्रदर्शक सहभागी हुने छन्, जसले १३० वटा स्टलहमा आफ्ना उत्पादनहरू र सेवाहरु प्रदर्शन गर्ने छन् ।  उक्त अटो शो ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।