मंगलबार सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाण्डौँ - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 
सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।