सुन प्रकरण : सुन गालेको प्रत्यक्ष प्रसारण गरिने

साउन ११, काठमाडौँ । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।