वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले  वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर  बनेको सरकारले जनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिने बताए ।

डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने उनको भनाइ छ ।

 उनले भने, ‘अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ’, उनले भने, ‘हुलाकलगायत संस्थालाई आधुनिक ढंगले सञ्चालन गर्न आवश्यक छ ।’