आजको विदेशी मुद्राको विनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५६ पैसा कायम गरिएको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ ६३ पैसा र बिक्री दर १४३ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो ।

उता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा तोकेको राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५० पैसा र बिक्री दर १६७ रूपैयाँ २६ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसामा मंगलबार कारोबार हुनेछ ।