बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

 हेटौँडा - बागमती प्रदेशसभाको बैठक आज सोमवार बस्दै छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।  

बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।