भेटिइन् धनगढीका मेयर हमालकी छोरी आरती  

काठमाडौँ । परिवारसँग सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् ।

ओशो ध्यानका लागि भारतको गोवामा रहेकी हमालकी जेठी छोरी आरती हमाल सोमबारदेखि सम्पर्कविहीन बनेकी थिइन् । बुधबार हमालले फेसबुकमार्फत् आरती परिवारको सम्पर्कमा आएको जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैको खोजीको प्रयासले जेठी छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्णमा जानकारी गराउँछु । जेठी छोरी, कान्छी छोरी र ज्वाइँसग रहेको जानकारी गराउँछु ।’

उनी कहाँ के कारणले हराइन् भन्नेबारेमा भने हमालले केही खुलाएका छैनन् ।