प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उनीहरूबीच प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ।

सभामुखको अधिकारमा अंकुश लगाउन खोजिएको भन्दै पछिल्लो समय आलोचनासमेत भइरहेको छ।