अनेरास्ववियुकी नेतृ बम पक्राउ

काठमाडौँ ।नेकपा एमाले निकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो (मंगलवार) काठमाडौँबाट पक्राउ गरिएको हो।

काठमाडौँकै बालाजु क्षेत्रबाट धनगढी घर भएकी बमलाई नियन्त्रणमा लिइएको महाराजगन्ज प्रहरीका डीएसपी अमर थापाले जानकारी दिए। उनका अनुसार बमविरुद्ध अपराधिक लाभलगायत चोरीको समेत मुद्दा दायर भएको थियो।

बम काठमाडौँमै बस्दै आएकी थिइन्। उनी तपोवन क्षेत्रमा ध्यानमा रहेकै वेला प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ। आज उनीमाथि म्याद थपेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।