मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन्।
मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए।

उनले भने,’यहाँ पक्षपातका कुरा उठे। कसले के पक्षपात गरेको छ। आफूले पाइ पक्ष हुने नभए पात हुने त हो नि। आफूले पाएमात्रै पक्ष हुन्छ। त्यही होइन कुरा। त्यो ८ सय चानचुनले पनि सबले पक्षपात गरे भनेर गएका छन्। तर कमसेकम दुर्गम जिल्लाका बिरामीले पनि अनुहार हेर्न पाएका छन्। धेरै टसमस भएको थियो। मन्त्रीले जबरजस्ती गयो भन्ने कुरा पनि थियो । जबरजस्ती मैले गरेको होइन, जबरजस्ती गर्नेहरुालई ठेगान लगाएको हो ।घुर्की, थर्काउने, सोर्स लगाउने, एउटा व्यक्तिले तीन वटा पार्टीका सभापतिलाई भन्न जाने कुरा मेरो पालामा चल्दैन, चल्न दिएको छैन।’