बिजुलीको बील नियमित तिरेपनि लाईन काटेर दु:ख दिएको उद्योग परिसंघको भनाई 

काठमाडौँ - नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत प्राधिकरणले काटेको उद्योगको बिजुली पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो ट्रंक लाइनका लागि प्रिमियम दर तोकिएभन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताए । उनले उद्योगी, व्यवसायीले नियमित आफ्नो बिजुलीको बील तिर्दै आइरहेको दावी गर्दै विवादित प्रिमियमको विषयको बील मात्रै नतिरेको बताए ।


उनले अहिले आएर एकैप टक छलफल नगरी लाइन काटिदिँदा अन्तरराष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको र लगानीको वातावरण बिथोलिने अवस्था देखिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले उद्योगधन्दाहरू बन्द हुँदै गइरहेको अवस्थामा सरकारले निकास दिनुपर्ने ठाउँमा हठातमा बिजुलीको तार काट्ने निर्णय गरेर उद्योग बन्द गराउने योजनामा अघि बढेको बताए ।