एमाले बागमती प्रदेश अधिवेशन बन्दसत्र आजदेखि सुरु हुने

काठमाडौँ - नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ । प्रदेश अधिवेशनको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्‌घाटन गरिएको थियो । 

प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ । बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ । प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । 

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन् । सर्वसम्मत नेतृत्व चयनको अभ्यास लुम्बिनीमा सफल नभएकाले बागमतीमा समेत उम्मेदवारहरुले प्रतिस्पर्धाको तयारी गरेका छन् ।