नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र सुरु

 काठमाडौँ - नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्दसत्र  हुँदैछ ।
अधिवेशनको बन्दसत्र बिहान ७ः३० बजेबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको  एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

बन्दसत्रमा प्रदेश अध्यक्ष केशवराज पाण्डेले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि रहेका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।