सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सोमबार सुन सय रुपैयाँ र चाँदी १० रुपैयाँ सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन १ लाख ५२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ८ सय ४० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भएको जनाएको छ ।

आइतबार सुन १ लाख ५२ हजार ४ सय र चाँदी १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।