विपद् पीडितलाई राहत वितरण गर्न कार्यबाहक प्रधानमन्त्रीको निर्देशन

 काठमाण्डौँ - कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरूलाई विपद्को पूर्व आकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रूपमा समन्वय गरी काम गर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्यसचिव,  प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू सहितको बैठकले पीडितलाई राहत वितरण गर्न समेत निर्देशन दिएको छ ।