आजको शेयर बजार घट्यो, चार दिनपछि गिरावट आएको नेप्सेमा कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्चमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २२.१४ अंकले घटेर २ हजार १०९.३४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ३७९.२३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा रातो पोतिएको छ । आज होटल समूह ३.३७ र म्युचुल फण्ड  समूह ०.२१ प्रतिशतले बढेका छन् ।  आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूह आज २.१९ प्रतिशतले घट्यो ।  

त्यस्तै आज बैंकिङ समूह ०.८७, विकास बैंक १.१६,हाईड्रो १.६२,लगानी १.४०,जीवन बीमा ०.८०,उत्पादन तथा प्रशोधन ०.८६,लघुवित्त १.७८,निर्जीवन बीमा १.०१,अन्य ०.८९ र व्यापार समूह १.२३ प्रतिशतले घटेका छन् ।