बजेट १९ खर्ब हाराहारीको आउँदै, तलब नबढ्ने

 काठमाडौँ - आगामी आर्थिक वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट आउने भएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्बको बजेट सिलिङ तोकिदिए पनि त्यसभन्दा ठूलो आकारको बजेटको तयारी अर्थ मन्त्रालयले गरेको छ । 

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनामा तोकिएअनुसार साढे १९ खर्ब हाराहारीको बजेटको तयारी भएको मन्त्रालय स्रोतले भनेको छ । मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ४९ अर्ब ५० करोडको हुनुपर्ने उल्लेख गरेको छ । आगामी आर्थिक वर्षको बजेटले सरकारी कर्मचारीको तलब वृद्धि नगर्ने अर्थ मन्त्रालयको तयारी छ ।