विपक्षी दलको अवरोधमै आर्थिक सर्वेक्षण पेश

काठमाडौँ - प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण पेश भएको छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् । 

सभामुख देवराज घिमिरेले आर्थिक सर्वेक्षण पेश गर्न अर्थमन्त्री पुनलाई समय दिएपछि कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए। त्यसपछि मर्यादापालकहरूले अर्थमन्त्री पुनलाई रोष्ट्रममा पुर्‍याएका थिए । 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले सदनमा नाराबाजी गरिरहेका छन् ।