संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौँ - संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने सम्भावित कार्यसूची छ ।
नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा भने अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८० – ८१ को आर्थिक सर्वेक्षण पेश गर्नेछन् । यसैगरी उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।