आज कुन देशको मुद्राको कति छ भाउ ? 

काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियमदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसामा झरेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै आज कतारी रियाल एकको खरिद दर खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।