श्रमिकलाई विमानस्थलमा अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको निर्देशन 

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न निर्देशन दिएका छन्।

मंगलबार बिहान अध्यागमन विभाग कार्यालयमा उनले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका हुन्।

उनले भने, ‘केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ। सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनु होला।’ 

उनले केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको दाबी गरे।