प्रतिकुल मौसमका कारण त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित  

काठमाडौँ । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका छन्। बिहानदेखि अहिलेसम्म एउटा उडान भएका छैनन् ।

बुद्ध एयरले ‘फ्लाइट स्टाटस’मा उडान तालिका डिले भएको जानकारी गराएको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन् ।

गन्त्यव्यमा पुग्न पुगेका सयौँ यात्रु मौसम खराबीले अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ।