संघीयसहित सातै प्रदेशका पर्यटनमन्त्री आज पोखरामा भेला हुँदै

काठमाडौँ । संघीयसहित सातै प्रदेशका पर्यटनमन्त्रीको भेला पोखरामा बुधबार हुँदैछ। विश्व पर्यटन दिवसको अवसर पारी पर्यटनको राजधानी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो।

गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले आज बिहान संघीय पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातै प्रदेशका पर्यटन मन्त्री सम्मिलित विषयगत समितिको बैठक बोलाइएको थियो।

दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा संघीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवंम्  पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए।