मकवानपुरमा पनि देखियो हैजा, संक्रमितको संख्या ६७ पुग्यो

काठमाडौँ । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

पछिल्लोपटक २१ अगष्टमा मकवानपुरमा पनि दुईजनामा हैजा पुष्टि भएको छ । ललितपुरमा सबैभन्दा धेरै ४७ जना संक्रमित भएका छन् ।

काठमाडौँमा ९, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ ।

संक्रमित हुनेमा ३० जना महिला र ३७ पुरुष छन् ।  १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।