आपसी सद्भाव, भाइचारा र एकताका लागि मेयर साम्पाङको धरानवासीलाई अपिल

काठमाडौं - धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशिल बनाएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आपसी सद्भाव, भाइचारा र एकताका लागि अपिल गरेका छन् ।

मेयर साम्पाङ्ले शुक्रबार अपिल जारी गर्दै धरानमा केही दिनदयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु ।’ साम्पाङ्ले अपिलमा भनेका छन् ।