एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ? 

 काठमाण्डौँ - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ हजार १ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन  प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।