आजको शेयर बजार : नेप्से ३६.१९ अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६२ अंकले घटेर ४११.१६  बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कूल २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ । यसको आज १५ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा शिवम सिमेन्ट र ग्लोबल आईएमई बैंकको कारोबार भएको छ ।