खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न

काठमाडौं  - खल्तीको वार्षिक अफर, “द बिगेस्ट पेमेन्ट जात्रा” मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार ३१ मा सफलतापूर्वक सम्पन्न भएको छ।

यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा ५ ओटा पल्सर एन१६०, २ ओटा आईफोन, वनप्लस ११, हिराको औंठी तथा अन्य उपहारहरु समावेश थियो। यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानीपछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट ५० वटा स्मार्टवाचहरू, ३० ओटा इयरबडहरू, ५०० चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो।

पाँच ओटा पल्सर बाइकका बिजेताहरु यस अफर अवधिभर फेसबुक लाइभ मार्फत घोषणा भइसकेको बताईएको छ।

अन्तिम लाइभमा २ वटा पल्सर एन १६०- राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरु बम्पर उपहारका भाग्यशाली विजेता घोषणा भएका थिए। यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तै: स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएको कम्पनीले जानकारी दिएको छ।

३ वटा पल्सर बाइकका विजेताहरू यस अफरमा पहिले नै फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय  खड्काले भने, “यस अफरको सुरुवातमा प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको थियो। यो अफरलाई नेपालको भुक्तानी उद्योगमा उत्कृष्ट सफलता दिन मदत गर्नुभएका हाम्रा साझेदारहरूप्रति हामी आभारी छौं।”

आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने जनाएको छ।