सुनको भाउ आज यथावत्, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाण्डौँ - सुनको भाउ आज हिजोकै भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ भएको थियो ।

आज यो भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।