'संसदमा हुने बहस मर्यादाहीन हुँदै गएको छ' : पूर्व सभामुख सापकोटा

 काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमती प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा हुने बहस, छलफल, शब्द चयन स्तरहीन र मर्यादाहीन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसद्मा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको उनको भनाइ छ । उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताए ।