एसियन हाइड्रोपावरको ३२ जेठमा एजीएम बस्दै

 काठमाडौँ - एसियन हाइड्रोपावरले ३२ जेठमा वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुने । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभामा हाल कायम रहेको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्ने एजेन्डा रहेको छ । यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।