विश्वकप लिग- २ : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै  

काठमाडौँ । आइसिसि पुरुष विश्वकप क्रिकेट लिग-२ को खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । सन् २०२७ सम्म चल्ने लिग-२ साइकलको यो पहिलो श्रृंखलाको छैटौं खेल हो ।

किर्तीपुर मैदानमा आइतबार बिहान सवा ९ बजे सुरु हुने यो खेल जित्दै नेपाल तालिकामा शीर्ष स्थानको नामिबियासँग दुरी घटाउन चाहन्छ ।

काठमाडौँमा जारी त्रिदेशीय श्रृंखलामा ४ खेलबाट नामिबियाको ४ अंक भएको छ भने तीन खेलबाट नेपाल र नेदरल्याण्ड्सको समान २–२ अंक छ । श्रृंखलामा नामिबियाले नेपाललाई दुई पटक तथा नेदरल्याण्ड्सलाई एक पटक हराएको छ ।

नेदरल्याण्ड्सले एउटा खेलमा नामिबियालाई हराउँदा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । आठ टोली सहभागी लिग-२ क्रिकेटमा शीर्ष चार स्थानमा आउने टोलीले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफयार खेल्न पाउनेछन् ।