सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा महँगियो चाँदी, प्रतितोला कति ? 

काठमाडौँ - बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ रहेकोमा बिहीबार घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।

यसैगरी तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेकोमा घटेर १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ भने बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय रुपैयाँ पर्नेछ ।