एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौँ - सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् । सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो । 

संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन् । कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो । कर्तव्य ज्यान मुद्दामा गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालत जलेश्वरबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए ।