काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकोबारे सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेकोबारे लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
रास्वपा नेतृको चरित्रहत्या गरेको आरोपमा आइतबार पक्राउ परेका प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै उनका छोरा निराजन सोमबार सर्वोच्च पुगेका थिए ।
जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।