५८अंकले घट्यो नेप्से, पाँच अर्ब ६८ करोडको कारोबार  

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक करिब ५९ अंकले घटेको छ । साताको तेस्रो कारोबारमा बजार ५८.९३ अंकले घटेको हो । यससँगै बजार मापक २४७०.३९ विन्दुमा कायम छ ।

यस दिन १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ बराबरको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बजार घटे पनि माथिल्लो स्यांगे जलविद्युत्, नबिल ग्रोथ फन्ड, ईन्वा हाइड्रो, नबिल ब्यालेन्स्ड फन्ड, सीवाईसी नेपाल लघुवित्त लगायतका कम्पनी उच्च कमाउनेमा परे ।