सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ गर्न आज पेसी

काठमाण्डौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। 
नाबालिग बलात्कार मुद्दाको फैसला गर्न पटकपटक पेसी तोकिए पनि विभिन्न कारण सुनुवाइ मिति सरिरहेको छ। 

यसअघि यही असोज १ गतेका लागि पेसी तोकिए पनि न्यायाधीश अभावका कारण स्थगन गरी आज आइतबारका लागि पेसीमा राखिएको हो। 
असोज १ गते नै सुनुवाइ गर्ने भनिए पनि केही न्यायाधीश बढुवा भएर उच्च अदालतमा जान बिदाइ भएकाले मुद्दा हेरेनन् भने अन्यको सरुवा भएकाले त्यस दिन सुनुवाइ नै स्थगन गरिएको थियो। 

त्यसअघि यो मुद्दामा गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइ भएको थियो। त्यसबेला कार्कीले पीडित किशोरी गौशाला २६ को पञ्जीकरणसम्बन्धी फाइलको ढड्डा नै झिकाउन आदेश दिएको थियो। 

उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइसम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेको थियो। त्यसैले आज मुद्दाको छिनोफानो हुने अनुमान थियो। तर पेसी नै स्थगित भएको हो।