विश्वकप क्रिकेट वार्मअप खेलको तालिका सार्वजनिक

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यसैवर्ष भारतमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेटको अभ्यास वार्मअप खेलको तालिका सार्वजनिक गरेको छ ।

आईसीसीले विश्वकपमा सहभागी हुने १० टिमले विश्वकप अगाडी आधिकारीक वार्मअप खेल खेल्ने जनाएको हो । वार्मअप खेलहरु २९ सेप्टेम्बरबाट ३ अक्टोबरसम्म संचालन हुनेछन् । आगामी अक्टोबर ५ मा विश्वकप सुरु हुनुअघि १० टोलीले ५० ओभरका दुई÷दुई वार्मअप खेल खेल्नेछन् ।


विश्वकपका वार्मअप खेलहरु भारतको गुवाहटी,हैदरावाद र तिरुवनन्तपुरममा हुनेछन् । विश्वकपअघि सहभागी टोलीहरुलाई तयारीस्वरुप यो अन्तिम अवसर हो । अभ्यासको पहिलो दिन बंगलादेशले गुवाहटीमा श्रीलंकाको सामना गर्नेछ । सोहि दिननै दक्षिण अफ्रिकाले तिरुवनन्तपुरममा अफगानिस्तानको सामना गर्नेछ ।

न्युजिल्यान्डले हैदरावादमा पाकिस्तानको सामना गर्नेछ । आयोजक भारतले अर्को दिन गुवाहाटीमा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ । पाँच पटकको विश्वविजेता अस्ट्रेलियाले सोही दिन तिरुवनन्तपुरममा नेदरल्याण्ड्ससँग खेल्नेछ ।