महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै 

 काठमाडौँ - महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा समूह ‘जि’ मा रहेका अर्जेन्टिना र एटाली खेल्ने छन् । यो खेल न्युजिल्यान्डमा हुनेछ । 

यस्तै आजै समूह ‘एच’मा रहेको जर्मनी र मोरक्को तथा समूह ‘एफ’ मा रहेको ब्राजिल र पानामाबीच प्रतिस्पर्धा हुने छ । यी दुवै खेल अष्ट्रेलियामा हुनेछन् । 
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा आजका खेलपछि पहिलो चरणका खेलहरू सकिनेछन् ।