साफ यू-१९ च्याम्पियनसिप : नेपालको पहिलो खेल पाकिस्तानसँग

 काठमाडौँ - आगामी सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने साफ यू १९ च्याम्पियनसिपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा सोमबार जारी गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । समूह ए मा नेपाल र पाकिस्तानसँगै माल्दिभ्स पनि छ । नेपालले माल्दिभ्ससँग सेप्टेम्बर २५ मा खेल्नेछ । यस्तै भारत, बंगलादेश र भुटान समूह बी मा छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल सेप्टेम्बर २७ र र फाइनल खेल सेप्टेम्बर ३० मा हुनेछ । सबै खेल दशरथ रंगशालामै हुनेछ ।