शेयर बजार झिनो अंकले बढ्यो, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ३६४.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटै समूहमध्ये ६ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ७ वटा समूहमा भने रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै अर्थात २।११ प्रतिशतको वृद्धि देखियो । आज विकास बैंक समूह १.५६ प्रतिशत,हाईड्रो०.१९,लघुवित्त १.३६,म्युचुअल फण्ड ०.५१ र अन्य समूह ०.०३ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.२९ प्रतिशत,होटल ०.२१,लगानी ०.२५,जीवन बीमा ०.१८,उत्पादन तथा प्रशोधन ०.२२निर्जीवन बीमा ०.०९ र व्यापार समूह ०.४२ प्रतिशतले घट्यो ।