काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश गरेकी छिन् । उनले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा उक्त रकमको बजेट पेश गरेही हुन् ।

यस अन्तर्गत महानगरको संचित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी १ अर्ब ५० करोड रहेको छ । स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास कार्यक्रमका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ । जुन कुल बजेटको ०.७९ प्रतिशत हो ।

कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ रकोड ४५ लाख २९ हजार विनियोजन रहेको छ । यो कुल बजेटको १४.४४ प्रतिशत हो । पुर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको ६१.२० प्रतिशत हो ।

सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको १५.७५ प्रतिशत हो । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ७.८२ प्रतिशत रहेको छ ।