चट्याङ लागेर म्याग्दीमा ४५ भेडा मरे

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।