होटल सोल्टीमा प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता शुरु भएको छ ।

मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता शुरु भएको हो । यस अघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।

द्विपक्षिय भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राजा थानीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।