देउरालीबाट दोलालघाटतर्फ आउँदै  गरेको सुमो दुर्घटना, चालकसहित १० जना घाइते

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका- ५, कात्तिके देउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको सुमो बुधबार बिहान दुर्घटनामा परेको छ।

ना १ ज ६२९१ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खस्दा चालकसहित १० जना घाइते भएका प्रहरीले जनाएको छ । 

उनीहरूलाई उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोलाती पठाइएको छ। घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।