इलाम र बझाङको उपनिर्वाचन : प्रचारप्रसारको आज अन्तिम दिन

काठमाडौँ - यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचन प्रचारप्रसारका लागि आज अन्तिम दिन हो ।

निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ १ को क मा उपनिर्वाचन हुँदै छ। इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।